मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनिया

भक्तपुर न्यूज

२० कार्तिक २०८१ ११:५९

मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनिया

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनिया भएको छ।​

परीक्षणको क्रममा उनलाई निमोनिया भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उल्लेख गर्दै उनको निजी सचिव शम्भु अधिकारीले बताए। निमोनिया लगायतको समस्या देखिएपछि हाल उनलाई ‘हाइ कियर’ युनिटमा राखेर उपचार भइरहेको समेत अधिकारीले बताए।

हाल उनको उपचारमा नर्भिक अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्ट आर्मीका डा किशोरजंग राणा सहितको टिमले उनको उपचार गरिरहेको छ। ९७ वर्षिया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय