फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश

भक्तपुर न्यूज

१९ कार्तिक २०८१ १३:४९

फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश

काठमाडौं । बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । दुवै फिल्म रिलिजको तेस्रो दिनमा सय करोड क्लबमा प्रवेश गरेका हुन् ।

शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका थिए । तीन दिनमा अजय देवगनको फिल्म सिंघम अगेनले १२१ करोड कमाएको छ । यस फिल्मले पहिलो दिन ४३.५ करोड कमाएको थियो भने दोस्रो दिन ४२.५ र तेस्रो दिन आइतबार ३५ करोड कमाएको छ ।

३५० करोडको लागतमा बनेको यो फिल्मलाई नाफा कमाउन मुश्किल हुने विश्लेषण गरिएको छ । फिल्मको पहिलो दिनको तुलानामा कमाई घट्दै गएकाले यस्तो विश्लेषण गरिएको बताइएको छ । त्यस्तै कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया ३ ले तीन दिनमा १०६ करोड कमाएको छ ।

यस फिल्मले पहिलो दिन ३५.५ करोड कमाई गरेको थियो भने दोस्रो दिन ३७ करोड र तेस्रो दिन ३३.५ करोड कमाएको थियो । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बन्ने देखिएको छ । सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया ३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय