नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको दाबी
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको दाबी गरेका छन् । अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका उनले यस्तो दाबी गरेका हुन् ।
“हामीले अघि सारेका कार्यक्रम, विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको पाएँ,” उनले भनेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरूको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
