स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, कयौं व्यक्तिहरु बेपत्ता

भक्तपुर न्यूज

१५ कार्तिक २०८१ १०:४३

स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, कयौं व्यक्तिहरु बेपत्ता

काठमाडौं । स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् ।

मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए ।

देशको स्थिति खराब भएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । भ्यालेन्सियामा मात्रै ९२ जनाको मृत्यु भएको तथ्यांक छ ।

भ्यालेन्सियाको पश्चिमी तटीय क्षेत्रमा ७ वर्षीय ब्रिटिश नागरिकसहित अरु तीन जना पनि मृत फेला परेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टहरुका अनुसार स्पेनमा बाढीका कारण सन् १९७३ पछिकै खराब अवस्था देखिएको छ । त्यतिबेला बाढीमा परी १५० जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय