फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १६:१६

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ।

बुधबार ललितपुरको लबिम मलमा आयोजित कार्यक्रमकाबीच नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मको ४ मिनेट ७ सेकेन्डको ट्रेलर रिलिज गरिएको हो।

ट्रेलरलाई आइरहेकाभन्दा फरक शैलीमा तयार गरिएको छ। डेटिङ एपबाट भेटिएका युवायुवती (नाजिर र सृष्टि) को कथा यसमा देखाइएको छ। फिल्ममा नाजिर राम नामक पात्रको भूमिकामा छन् भने सृष्टिले सीता नामकी युवतीको भूमिका निभाएकी छन्।

उनीहरू यात्रामा निस्किएको, नाजिरले सृष्टिलाई अपहरण गरेको दृश्य पनि ट्रेलरमा देखिन्छ। ट्रेलरमा न्यारेटरको रूपमा बुद्धि तामाङको स्वर सुन्न सकिन्छ। ३२ वर्षअघिको चर्चित डकुड्रामा ‘उजेली’ का निर्देशक गौचन दुई दशकपछि नेपाल फर्किएर यो फिल्म बनाएका हुन्।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा गौचन स्वयं छन्। कार्यकारी निर्मातामा देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका निर्देशक तथा वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख समेत रहेका नकिम उद्दिन रहेका छन्। फिल्म ‘केटी हराएको सूचना’ यही कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय