दमकमा पटाका पड्काउँदा एक जना बालक घाइते

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १३:५३

दमकमा पटाका पड्काउँदा एक जना बालक घाइते

काठमाडौं । झापाको दमकमा पटाका पड्काउँदा एक जना बालक घाइते भएका छन्। मंगलबार अपराह्न दमक नगरपालिका-६ बस्ने ६ वर्षीय बिद्यम अग्रवालले पटाका पड्काउँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनको अनुहारमा लागेर घाइते भएको हो। घाइते भएका बालकको उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा लगिएको थियो। थप उपचारको लागि भारतको सिलगुडी रिफर गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय