उत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १२:००

उत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु

काठमाडौं । इजरायलले उत्तरी गाजाको बेट लाहिया शहरमा गरेको हवाई हमलामा ९३ जना मृत्यु भएको छ । पाँच तल्ले आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणलाई अमेरिकाले समेत भयानक आक्रमण भनेको छ ।

पाँच तले आवासीय भवनमा आक्रमण भएको र सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा शवहरु भुइँमा कम्बलले ढाकिएको अवस्थामा राखिएको सामाजिक उद्धारकर्ताहरूले बताएका छन् ।

इजरायली सेनाले बेट लाहिया क्षेत्रमा सर्वसाधारणलाई पुगेको क्षतिका बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ । इजरायली रक्षा सेनाले विगत दुई सातादेखि उत्तरी गाजामा विशेष गरी जबालिया, बेट लाहिया र बेट हानौन क्षेत्रमा कारवाही गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय