परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो ।
उनी उपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । यससँगै उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
