धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइने

भक्तपुर न्यूज

१३ कार्तिक २०८१ १६:४७

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइने

काठमाडौं । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।

स्वस्थ जीवनशैलीमा सात्विक आहार,नागरिक अरोग्यताको मजबुत आधार भन्ने नारासहित यस वर्षको धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले एक कार्यक्रमको आयोजना गरी मंगलबार जानकारी दिएको हो।

हरेक वर्ष कात्तिक शुल्क त्रयोदशी दिन यस दिवस मनाइँदै आइएको छ। वर्तमान समयमा मधुमेह, उच्चरक्तचाप, मुटु रोग जस्ता जीवनशैली जन्य रोगहरुको प्रकोप बढेकोले सात्विक आहार र स्वस्थ जीवनशैली नै आरोग्यताको मूल मन्त्र रहेको हुँदा जनस्तरसम्म यसको चेतना फैलाउने उदेश्यले ‘स्वस्थ जीवनशैलीमा सात्विक आहार, नागरिक अरोग्यताको मजबुत आधार’ भन्ने नारा तय गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा प्रदीप केसीले जानकारी दिए।

जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी सम्झनामा आइतबार धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाउने गरिएको हो। २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय