बलिउड फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने

भक्तपुर न्यूज

१३ कार्तिक २०८१ १३:५०

बलिउड फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने

काठमाडौं । बलिउड फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने भएको छ। राकेश रोशन निर्देशित यो फिल्म २९ वर्षपछि आगामी नोभम्बर २२ तारिखदेखि रिलिज हुन लागेको हो । अभिनेता सलमान खानले सोमबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

यो फिल्म भारतमा मात्र नभई विश्वभर एकसाथ रिलिज हुँदैछ। यो फिल्म पहिलो पटक १३ जनावरी १९९५ मा सिनेमा घरमा रिलिज भएको थियो। ६ करोडमा बनेको फिल्मले ४३ करोड भारू कमाएको थियो। त्यतिबेला ‘करण अर्जुन’ ले फिल्म फेयर अवार्डसमा १० नोमिनेशन पाएको थियो। फिल्मले उत्कृष्ट सम्पादन र उत्कृष्ट एक्सन गरेर दुई वटा अवार्ड पाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय