देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुग्यो

भक्तपुर न्यूज

१३ कार्तिक २०८१ १२:३८

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुग्यो

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।

यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय