अस्ट्रेलियाका अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सले अस्ट्रेलियाका अलराउन्डर बेन कटिङसँग सम्झौता गरेको छ।
आगामी महिना हुने एनपिएलका लागि उनी टोलीमा आबद्ध भएको लुम्बिनीले मंगलबार घोषणा गरेको हो। कटिङले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट ४ एकदिवसीय र ७ टी-२० खेलेका छन्।
आइपिएल टोली मुम्बई, राजस्थान र हैदरावादबाट खेलिसकेका उनले अस्ट्रेलियाको बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिग समेत खेलेका छन्। ३७ वर्षीय कटिङले सन् २०१४ यता राष्ट्रिय टोलीबाट खेलेका छैनन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले यसअघि इंग्ल्यान्डका टम मूर्सलाई आबद्ध गरेको थियो। आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
