कीर्तिपुर हस्पिटल पछाडि ३५ वर्षीया महिला मृत फेला
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक महिला मृत फेला परेकी छन्।
कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
