एकैदिन १४ सयले बढेर हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आइतबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य पनि आइतबार प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
