नेपालले आज कतारसँग खेल्दै
काठमाडौं । एएफसी यू–१७ फुटबल अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज (शुक्रबार) घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ ।
नेपालले समूहचरणको पहिलो खेलमा साबिक विजेता जापानसँग ९–२ को फराकिलो हार बेहोरेकोको थियो । कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई २–० ले पराजित गरेको थियो ।
नेपालले समूहको अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।
मंगोलिया र जापानले शुक्रबार नै एकआपसमा भिड्ने छन् । जापान तीन अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ भने कतार दोस्रो स्थानमा रहँदा मंगोलिया र नेपाल अंकविहीन छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
