रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

भक्तपुर न्यूज

८ कार्तिक २०८१ १४:५६

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज (बिहीबार) न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका उनलाई यसअघि ६ दिन म्याद दिएको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय