सेनाले मनायो संयुक्त राष्ट्रसंघ दिवस
काठमाडौं । संयुक्त राष्ट्रसंघको स्थापना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको ७९ औं वार्षिकोत्सव आज (बिहीबार) नेपाली सेनाले पनि विभिन्न कार्यक्रम गरी मनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च–पास र विभिन्न समुदायको नृत्य प्रदर्शन गरिएको थियो भने तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुतिसमेत रहेको थियो ।
केही तस्बिरहरू:




प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
