उपराष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ भर्ना भएका हुन् ।
यादवको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानको टिमले गर्दैछन् ।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
