सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । पछिल्ला केही दिन यता मूल्य बढेर लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज (बुधबार) पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ लाख ६६ हजार ७ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुन तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर २ हजार १ सय ३५ रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । मंगलबार चाँदी तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
