टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई हरायो
काठमाडौं । टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा घरेलु टोली श्रीलङ्काले वेस्ट इन्डिजलाई हराएको छ । हिजो दम्बुलामा भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ७३ रनले हराएको हो ।
श्रीलङ्काले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १६ ओभर १ बलमा ८९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । यसअघिको पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलङ्कलाई ५ विकेटले हराएको थियो । तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा छ ।
टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि बिहीवार हुनेछ । त्यसपछि श्रीलङ्का र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय श्रृङ्खला शुरू हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५