कात्तिकका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति?

भक्तपुर न्यूज

३० असोज २०८१ १३:३८

कात्तिकका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति?

काठमाडौं । अधिकांश बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाउका छन् ।

सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटाले ब्याजदर घटाएका छन् । ९ वटाको स्थिर रहँदा सानिमा बैंकले बढाएको छ । सानिमाले कात्तिकका लागि ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ । अब यस बैंकको मुद्दती निक्षेपको ब्याजदर ६.१५ पुगेको छ । असोजमा ५.९ प्रतिशत थियो ।

सबैभन्दा बढी हिमालयन बैंकको घटेको छ । यस बैंकले ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो । कात्तिकमा मुद्दती निक्षेप राख्नेहरूलाई अब यस बैंकले ६.२५ प्रतिशत दिनेछ । असोजमा ७ प्रतिशत थियो ।

वाणिज्य बैंकहरूको असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत बिन्दुले ब्याजदर घटेको हो । असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।

बैंक कात्तिकको लागि ब्याजदर असोजको लागि ब्याजदर 
एनएमबी६.५६.५
एनआइसी एशिया६.९९७.१८
सिटिजन्स बैंक६.१५
हिमालयन बैंक६.२५
माछापुच्छ्रे बैंक६.५ ६.५ 
नबिल बैंक६.२५६.७५
सिद्धार्थ बैंक६.५
प्राइम कमर्सियल७.२५
सानिमा बैंक६.१५५.९
कुमारी बैंक६.०१६.०१
प्रभु बैंक६.१६.१
लक्ष्मी सनराइज बैंक६.५
ग्लोबल आइएमई बैंक६.२५६.२५
स्ट्यान्डर्ड चार्टर्ड बैंक६.५
एभरेष्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक ६.५६.५
नेपाल बैंक५.९५५.९५
राष्ट्रिय वाणिज्यबैंक५.८
नेपाल एसबीआई बैंक
कृषि विकास बैंक५.७५६६.०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय