सुनको मूल्य बढेर हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

३० असोज २०८१ १३:३३

सुनको मूल्य बढेर हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको हो ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ तोकिएको थियो । महासंघका अनुसार मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५० रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय