भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रियो

भक्तपुर न्यूज

३० असोज २०८१ १३:०६

भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रियो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१\८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय