आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर न्यूज

२९ असोज २०८१ १६:४९

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिर बहादुरले अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय