दसैंपछि पहिलो दिनमै नेप्से ३१.४८ अंकले बढ्यो, तीन अर्ब ६ करोडको सेयर कारोबार

भक्तपुर न्यूज

२९ असोज २०८१ १६:२९

दसैंपछि पहिलो दिनमै नेप्से ३१.४८ अंकले बढ्यो, तीन अर्ब ६ करोडको सेयर कारोबार

काठमाडौं । दसैंपछि खुलेको पहिलो दिन मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ। यो सँगै नेप्से २६९९.६६ अंकमा पुगेको छ।

मंगलबार उत्पादनबाहेक सबै क्षेत्रका सूचकमा सुधार देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। उत्पादन समूह ०.२२ प्रतिशत घट्यो। फाइनान्स सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत, बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बिमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकम भने दसैं अघिको तुलनामा घटेको छ। दसैं विदाअघि ३ अर्ब ७६ करोड भएकोमा मंगलबार ३ अर्ब ६ करोड रुपैयाँको मात्र कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार ६४ लाख १७ हजार २६७ सेयर किनबेच भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय