घट्यो सुनचाँदीको मूल्य
भक्तपुर, २५ भदौ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ तथा चाँदी ५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार शुक्रबार ७ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
