मनसुन बाहिरिएसँगै काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै बढ्यो चिसो

भक्तपुर न्यूज

२९ असोज २०८१ ७:३४

मनसुन बाहिरिएसँगै काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै बढ्यो चिसो

काठमाडौं । हाल लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती प्रणालीको प्रभावले मंगलबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको पनि महाशाखाले जानकारी दिएको छ।

मंगलबार दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

त्यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय