टेलिकमको टावरमा तोडफोड हुँदा बझाङमा एक हप्तादेखि सञ्चार सेवा प्रभावित

भक्तपुर न्यूज

२८ असोज २०८१ ९:२७

टेलिकमको टावरमा तोडफोड हुँदा बझाङमा एक हप्तादेखि सञ्चार सेवा प्रभावित

काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा अज्ञात समूहले क्षति पुर्‍याउँदा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ ।

खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले यही असोज २३ गते क्षति पुर्‍याएको थियो । रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका बासिन्दा समेत मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बन्चित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेक्टर लोकेन्द्र सिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पुर्‍याउनेहरुको पहिचान नभएको र अनुसन्धान जारी रहेको बताए । घटनाबारे बुझ्न नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क स्थापित हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *