एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बैठक बिहीबार पौने १२ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ ।
यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२५