भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

भक्तपुर न्यूज

२४ असोज २०८१ ६:५२

भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

काठमाडौं । भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। केही दिनदेखि उपचार गराइरहेको टाटाको बुधबार मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। टाटा सन्सका अध्यक्ष एन चन्दशेखरनले टाटा समूहका तर्फबाट सूचना जारी गर्दै रतनको निधन भएको पुष्टि गरेका हुन्।

भारत सरकारबाट पद्मभूषणले सम्मानित रतनको निधनमा भारतीय नेता, उद्योगपति, सेलिब्रेटिजसहित विश्वभरका उनका प्र्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा दूरदर्शी व्यापारी र असाधारण व्यक्ति रहेको उल्लेख गरेका छन्।

कांग्रेस नेता राहुल गान्धीले व्यापार र परोपकारी क्षेत्रमा रतनको विशेष योगदान रहेको स्मरण गरेका छन्। रतनको जम्म सन् १९३७ डिसेम्बर २८ मा भएको थियो। उनी १९९१ देखि २०१२ सम्म टाटा ग्रुपका अध्यक्ष थिए। उनले व्यापारिक क्षेत्रमा कैयौँ कीर्तिमान राखेको नवभारत टाइम्सले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय