विश्वविद्यालयको विकृति चिरफार गर्दै सुर्खेत रफत ्र

भक्तपुर न्यूज

२५ भदौ २०७४ ३:०९

विश्वविद्यालयको विकृति चिरफार गर्दै सुर्खेत रफत  ्र

काठमाडौं, २५ भदौ । रफत सञ्चार क्ल्ब सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा विगतदेखि भैरहेको विकृति विसंंगति र सुधारका कामको उकैसाथ चिरफार गर्ने अभियान थालनी गरेको छ । यसै सन्दर्भमा केहीदिन अघि मात्रै विश्वविद्यालयको चुनौती र समाधान विषयक एक साक्षात्कार कार्यक्रम रफतले वीरेन्द्रनगरमा आयोजना गरेको छ ।

सुचनाको संवाहका रुपमा रहेको रफत सञ्चार क्लबले मप विश्वविद्यालयले दिएको सम्वन्धन लगायतका विविध बिषयमा फलोअफ गर्न जरुरी रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । यता विश्वविद्यालयका रजिष्टार डाक्टर महेन्द्रकुमार मल्लले भने आफनो जागिरको बचाउसँगै सम्बन्धका बारेमा विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले आफूहरुले विश्वविद्यालयको ऐन नियम अनुसार नै काम गरेकोले कसैले थर्काउँदैमा आफुहरु नथर्किने बताएका छन् । तर उनले जति बहादुरीका साथ यस्तो भनेपनि विश्वविद्यालयले भक्तपुरको इन्जिनिरिङ कलेजलाई दिन लागेको सम्बन्ध खारेज हुने निश्चित भैसकेको छ ।

राजनीतिक नियुक्तकै भरमा विश्वविद्यालयको रजिष्टार भएका डाक्टर मल्ले नियुक्ति लिदाको आफनो चाकडी विर्सेर उल्टै राजनीतिक दलहरुलाई विश्वविद्यालयको कार्यकारी अधिकार नखोस्न चेतावनी दिएका छन । सम्वन्धन दिने काम भइसकेकोले अव सम्वन्धन खारेज हुनै नसक्ने अडान रजिष्ट्रार डा। मल्लले गरेका छन् । मप विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीले विश्वविद्यालयमा कुनैपनि विद्यार्थी संगठनहरुले आन्दोलन नै नगरेको जिकिर गरे । शाही रजिष्टार संगठित भएकै पाटी नेपाली काँग्रेसका कार्यकर्ता हुन् ।

विश्वविद्यालयले ऐन अनुसार नै सम्वन्धन दिएकोले त्यसको विरोधमा कुनैपनि विद्यार्थी संगठनले आन्दोलन नगरेको जनाए । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले विश्वविद्यालयको उचाई बढाउनका लागि सम्वन्धन दिनु कुनै आपत्ति नभएको बताए ।

यता विद्यार्थी संगठनहरुले भने सम्वन्धनका कारण विश्वविद्यालय जटिल मोडमा पुगेको बताएका छन् । हतारमा दिएको सम्वन्धनले एमयूका पदाधिकारी अहिले छटपाटाएको सुर्खेतका राजनीतिक दल र विद्यार्थी संगठनहरूले प्रतिक्रिया दिएका छन् । उनीहरुले सम्वन्धनको निर्णय स्थगित गर्नासाथ समस्याको समाधान निस्कने बताएका छन् । नेविसंघका पीताम्बर ढकाल र यामबहादुर हमालले सम्वन्धन दिएपनि पहिला आफू स्रोत सम्पन्न भएपछि मात्रै दिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *