गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना यात्रु घाइते

भक्तपुर न्यूज

२३ असोज २०८१ १८:३६

गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना यात्रु घाइते

काठमाडौं । बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बुधबार बुटवलबाट शान्तिपुरका लागि छुटेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाँउपालिका १ कुडालीमा दुर्घटना भएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरु मध्ये बाग्लुङको बरेङडाडा–३ का ४० वर्षका खडकबहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको सुनारले बताए ।

दुर्घटनामा घाइतेहरुलाई थप उपचारका लागि पाल्पा ल्याइएको छ । गुडिरहेको जीप एक्कासी अनियन्त्रित भई सडकबाट केही मिटर तल खसेको यात्रुहरुले बताएका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । बिहान बुटवलबाट छुटेको जिप दिउँसो करिब साढे २ बजेतिर दुर्घटनामा परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय