ललितपुरमा ४१ वर्षीय पुरूष मृत फेला

भक्तपुर न्यूज

२२ असोज २०८१ १४:२३

ललितपुरमा ४१ वर्षीय पुरूष मृत फेला

काठमाडौं । ललितपुरमा एक पुरूष मृत फेला परेका छन्। ललितपुर महानगरपालिका-१ महाबिर मार्गस्थित धर्मपुत्री भवनको प्रतिक्षालयमा दोलखा मेलुङ गाउँपालिका-१ खानीगाउँ घर भएका ४१ वर्षीय बिकास थापामगर मृत फेला परेका हुन्।

उनी सोमबार मृत फेला परेका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए। उनी धर्मपुत्री भवनको प्रतिक्षालयमा बस्दै आएका थिए। सोही ठाउँमा मृत फेला परेको एसपी पौडेलले बताए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय