सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

२२ असोज २०८१ ११:२०

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा ४ सय रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा ४० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय