ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथ पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने निर्णय गरेको हो । उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
