मेटलाइफ नेपालद्वारा उद्धार कोषमा २५ लाखको सहयोग

भक्तपुर न्यूज

२१ असोज २०८१ ६:२७

मेटलाइफ नेपालद्वारा उद्धार कोषमा २५ लाखको सहयोग

काठमाडौं । असोज १० देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको छ ।

भारी वर्षाले देशभरि ठूलो क्षति पु¥याएको छ, धेरै परिवारहरू विस्थापित भएका छन् र तत्काल प्रभावित क्षेत्रहरुमा सहायताको आवश्यकता रहेको कम्पनीले जनाएको हो । यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

वाग्मती र नख्खु नदीले घेरिएको काठमाडौं नजिकका क्षेत्र लगायत नेपालका पूर्वी र दक्षिणपूर्वी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जसमा २०० भन्दा बढीको मृत्यु भएको छ, १५८ घाइते भएका छन् र २८ जना बेपत्ता भएका छन् ।

राजमार्गहरू, जलविद्युत स्टेशनहरू, र सडकहरू सहित प्रमुख पूर्वाधारहरूमा विनाशहरू भएका थिए, जसका कारण १३ हजार भन्दा बढी मानिसहरूलाई उद्धारको आवश्यकता परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय