क्याबिन क्रुको विवादले काठमाडौं–हङकङ उडान प्रभावित
काठमाडौं । नेपाल एयरलाइन्सका क्रु मेम्बरले जहाज उडानको क्रममा विवाद गर्दा काठमाडौं–हङकङ उडान प्रभावित बनेको छ। निगम व्यवस्थापन र क्याबिन क्रुको विवादले सर्वसाधारणका यात्रामा ढिलाइ भएको हो।
शनिबार राति त्रिभुवन विमानस्थलबाट हङकङ उडानमा विवादले ढिलाइ भएको थियो भने आइतबार हङकङबाट काठमाडौं आउने समयमा क्याबिन क्रुसँगको विवादमा उडान ढिलाइ भएको छ। त्रिभुवन विमानस्थलले ४ः१० मा हङकङबाट काठमाडौं आउने तालिका रहेको उल्लेख गरेको छ।
एउटा गन्तव्यको उडानमा समस्या पर्दा अर्को गन्तव्यमा उडान तालिका बिग्रिन्छ। एउटै जहाजले धेरै गन्तव्यमा उडान गर्ने भएकाले समस्यामा पर्छ। ट्रान्जिट बनाएर उडान गर्ने यात्रुले त जहाज नै छुट्ने समस्या भोग्ने गरेका छन्। नेपाल एयरलाइन्सको हङकङ कार्यालयका प्रमुख अर्विन प्रजापतिले हङकङबाट काठमाडौंका लागि उडान भरिसकेको बताए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
