फिल्म ‘बेहुली फ्रम मेघौली’ ले देशभर आक्रामक व्यापार, तीन दिनमा कति कमायो ?

भक्तपुर न्यूज

२० असोज २०८१ ८:२६

फिल्म ‘बेहुली फ्रम मेघौली’ ले देशभर आक्रामक व्यापार, तीन दिनमा कति कमायो ?

काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले राम्रो व्यापार गरिरहेको छ। घटस्थापनाको अवसर पारेर बिहीबार रिलिज फिल्मले पहिलो दिन ८० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो।

शुक्रबार पनि फिल्मले सुखद् कमाइ गरेको थियो। शनिबार फिल्मको व्यापार बिहीबार र शुक्रबारको तुलनामा अझ धेरै राम्रो देखिएको जनाइएको छ। वितरक अशोक शर्माले शनिबार मात्रै फिल्मले १ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको बताए। तीन दिनको कलेक्सन २ करोड २५ लाखभन्दा माथि पुगेको उनले बताए।

काठमाडौंसहित मोफसलका हलमा पनि फिल्म हेर्न दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ।

वितरक शर्माले भने, ‘सबैतिर दर्शक खचाखच पाएका छौं। फिल्मलाई रेस्पोन्स पनि एकदमै राम्रो छ। त्यसैले आउँदा दिनमा पनि फिल्मले राम्रो कमाइ गर्छ।’

यो फिल्मलाई स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन्। सजन काफ्ले र आकाश बरालले फिल्मको लेखन तथा निर्देशन गरेका हुन्।

फिल्ममा स्वस्तिमा र निश्चलका साथमा बसुन्धरा भुषाल, विजय बराल, सिम्ररन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरू विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय छ। फिल्मको कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय