भारत र बङ्गलादेशबीचको टी–२० सिरिज आजबाट सुरु हुँदै

भक्तपुर न्यूज

२० असोज २०८१ ७:३७

भारत र बङ्गलादेशबीचको टी–२० सिरिज आजबाट सुरु हुँदै

काठमाडौैं । भारत र बङ्गलादेशबीचको तीन खेलको टी–२० म्याच सिरिज आजबाट सुरु हुँदैछ। भारतको ग्वालियरस्थित श्रीमन्त माधवराव सिन्धिया स्टेडियममा हुने आजको खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ।

सूर्य कुमार यादवको कप्तानीमा रहेको भारतीय टीममा ३ जना खेलाडीले डेब्यु गर्दैछन्। जसमा हर्षित राणा, मयंक यादव र नीतिश कुमार रेड्डी रहेका छन्। यी तीन खेलाडीले हालसम्म अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।

नजमुल हुसैन सान्तोको कप्तानीमा रहेको बङ्गलादेश र सूर्य कुमारको कप्तानीमा रहेको भारत दुबै आफ्नो जितसहित खेलको सुरुआत गर्न चाहन्छ। यसअघि भएको दुई खेलको टेस्टमा भारतले सिरिजमाथि क्लिन स्विप गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय