सुनको मूल्य तोलामा तीन सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा तीन सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
