बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज
काठमाडौं । खुट्टामा गोली लागेर घाइते बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
गत मंगलबार गोविन्दा मुम्बईको जुहुस्थित आफ्नै निवासमा आफ्नै लाइसेन्स रिभल्भरको गोली लागेर घाइते भएका थिए । उनलाई मंगलबारदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
डिस्चार्ज भएपछि उनले आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । ‘म सबैलाई उनको प्रार्थनाका लागि धन्यवाद दिन्छु । म विशेष गरी आफ्नो प्रशंसकलाई मेरो लागि यति धेरै प्राथना गर्नका लागि धन्यवाद दिन चाहन्छु । म उनीहरूको मायाको लागि मनैदेखि धन्यवाद दिन चाहन्छु ।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
