राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षले गरे भेट

भक्तपुर न्यूज

१८ असोज २०८१ १०:५६

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षले गरे भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेटवार्ता गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यसैगरी, भेटमा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई आफू अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको समेत जानकारी गराएको छन् ।

अध्यक्ष दाहाल असोज २५ गते स्विट्जरल्यान्डमा हुने अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *