सिरहाको एक होटलमा समोसामा कीरा भेटिएपछि…

भक्तपुर न्यूज

१६ असोज २०८१ ७:३३

सिरहाको एक होटलमा समोसामा कीरा भेटिएपछि…

काठमाडौं । समोसामा कीरा भेटिएपछि सिरहाको एक होटललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । ग्राहकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले जरिवाना गरेकाे हाे ।

लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले हिजो बजार अनुगमन गरेको थियो ।

अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं रुपैयाँ बराबरको म्याद गुज्रिएको पेयपदार्थ फेला परेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ ।

त्यस्तै ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’ को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको छ । ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधिएको छ । संविधानले बजार अनुमगन र व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय