दुर्गा प्रसाईंलाई एकलाख धरौटीमा छोड्न जिल्ला अदालतको आदेश

भक्तपुर न्यूज

१५ असोज २०८१ ११:२६

दुर्गा प्रसाईंलाई एकलाख धरौटीमा छोड्न जिल्ला अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०/५० हजार धरौटी लिन आदेश गरेको हो।

प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो। उजुरीअनुसार नै ब्युरोको टोलीले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो। प्रसाईंमाथि विभिन्न सामाजिक सञ्जालहरूमार्फत व्यक्तिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय