स्वस्तिमा र निश्चलको फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिकट बुकिङ खुला

भक्तपुर न्यूज

१५ असोज २०८१ ६:२७

स्वस्तिमा र निश्चलको फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिकट बुकिङ खुला

काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिकट बुकिङ खुला भएको छ।

बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उच्च शो दिएका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा फिल्मले पहिलो दिनमा लागि ७७ शो पाएको छ। क्युएफएक्सले यो फिल्मलाई काठमाडौंभित्र ३३ र बाहिर ४४ शो दिएको हो।

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईमा फिल्मले १४ शो पाएको छ। वान सिनेमाज (वानेश्वर र कालीमाटी) मा ११ शो दिइएको छ। विग मुभिजमा फिल्मले ६ शो पाएको छ। अन्य मल्टिप्लेक्सले पनि फिल्मको बुकिङ खुलाएका छन्।

‘बेहुली फ्रम मेघौली’ रमाइलो र हास्यरस मिसाएर निर्माण गरिएको सामाजिक कथानक फिल्म हो। ३० वर्ष उमेर पुग्न लागेकी युवतीले विवाहका लागि झेलिरहेको दबाब, योग्य वर पाउन गरेको संघर्ष र हैरानीको कथा यसमा देखाइएको छ।

फिल्ममा स्वस्तिमा र निश्चलसहित बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम लगायत कलाकारहरूको अभिनय छ। फिल्मलाई सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्। घटस्थापनाको दिनदेखि फिल्म रिलिज हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *