बलिवुड अभिनेता गोविन्दा गोली लागेर घाइते
काठमाडौं । बलिउड अभिनेता गोविन्दा खुट्टामा गोली लागेर घाइते भएका छन् । शिव सेना (शिन्दे गुट)नेतासमेत रहेका गोविन्दालाई आफैले बोकेको पेस्तोलले गोली लागेको थियो । घटना मंगलबार बिहान करिब ४ः४५ बजे भएको हो ।
गोविन्दा मुम्बईस्थित आफ्नो घरमा पेस्तोल सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ । मुम्बईस्थित बीबीसीका सहयोगी पत्रकार मधु पालका अनुसार उनकी श्रीमती सुनिता घरमा थिइनन् । उनी जयपुरमा थिइन् तर खबर सुन्नेबित्तिकै त्यहाँबाट निस्किन् ।
गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त पेस्तोल कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’
डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
