सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

१५ असोज २०८१ ५:४७

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय