लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण देशभर सात राजमार्ग अवरुद्ध

भक्तपुर न्यूज

११ असोज २०८१ ११:३९

लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण देशभर सात राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात वटा राजमार्ग अवरुद्ध भएका छन्। राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सात वटा राजमार्ग अवरुद्ध हुँदा ३४२ राजमार्ग एकतर्फी मात्र सञ्चालन भएका हुन्।

अवरुद्ध राजमार्गमा तमोर करिडोरको चतरा-मुलघाट-माझीटार-अमरपुर-गणेशचोक सडक, पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन-पोखारा, मध्य पहाडी राजमार्गको सिन्धुली खण्डलगायत छन्। प्राधिकरणका अनुसार ३४२ राजमार्ग एकतर्फी रुपमा सञ्चालन भइराखेका छन्। अन्य राजमार्ग भने सामान्य ढंगले सञ्चालन भइराखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय