संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

भक्तपुर न्यूज

१० असोज २०८१ ५:२८

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय