नेपालमा अहिले सजिलै संविधान संशोधन गर्न सक्ने अवस्था नभएको : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिहरू कसैले पनि सजिलैसँग मास्न नसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदायसँगको भेटमा संविधान कार्यान्वयनमा क्रममा देखिएका कमीकमजोरीहरूलाई सच्याउने गरी संविधान संशोधनको विषयमा छलफल भइरहेपनि लोकतान्त्रिक मूल्यमान्यता, संघीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा कुनै हेरफेर नहुने बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले सजिलै संविधान संशोधन गर्न सक्ने अवस्थासमेत नभएको बताए । उनले संविधान संशोधनको विषयमा दलहरुबीच आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९